कांग्रेस रुपन्देही सभापतिमा रामकृष्ण खाँण निर्विरोध
बुटवल, मंसिर ११ : कांग्रेस रुपन्देही सभापतिमा रामकृष्ण खाँण निर्विरोध निर्वाचित भएका छन्।जिल्ला निर्वाचन समितिका संयोजक भेषराज घिमिरेले दिएको जानकारीअनुसार सभापति पदमा उनको एकल...
बुटवल, मंसिर ११ : कांग्रेस रुपन्देही सभापतिमा रामकृष्ण खाँण निर्विरोध निर्वाचित भएका छन्।
जिल्ला निर्वाचन समितिका संयोजक भेषराज घिमिरेले दिएको जानकारीअनुसार सभापति पदमा उनको एकल उम्मेदवारी परेको थियो।
गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइसमेत रहेका उनी यसअघि जिल्ला सचिव थिए।
त्यसैगरी उपसभापतिमा थानेश्वर घिमिरे र डा. अनिता शाह निर्विरोध निर्वाचित भएका छन्। सचिवमा हरि काफ्ले र परमानन्द भट्टराई तथा सहसचिवमा विष्णु थापा र बासु रिमाल निर्विरोध निर्वाचित भएको संयोजक घिमिरेले बताए।
प्रकाशित मिति: १६:५५ बजे, शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











