Kathmandu Press

महाधिवेशनस्थल चितवनबाट दुर्गा प्रसाईंले भने- म एमालेमा आएपछि ओलीको ‘क्रेज’ बढ्यो

महाधिवेशनस्थल चितवनबाट दुर्गा प्रसाईंले भने- म एमालेमा आएपछि ओलीको ‘क्रेज’ बढ्यो

काठमाडौं, चितवन ११ : एमालेको दसौं महाधिवेशनको उद्घाटन समारोह शुक्रबार भव्यताकासाथ नारायणी नदीकिनारमा सम्पन्न भयो।

सो समारोहमा एमालेले पाँच लाख मानिस उतारेको दाबी गरेको छ। जसले जति भने पनि सो समारोहमा ठुलो जनलहर उर्लिएको थियो।

महाधिवेशनमा शक्ति प्रदर्शनसमेत गर्ने हेतुले अध्यक्ष केपी ओलीले देशभरिबाट कार्यकर्ता चितवनमा जम्मा पार्नुमा आफ्नो पनि ठूलो योगदान रहेको उद्यमी दुर्गा प्रसाईले दाबी गरेका छन्।

चिकित्सा क्षेत्रका उद्यमी भनेर चिनिने उनले महाधिवेशन स्थल चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उपस्थित व्यपक भीडले आफ्नो पनि एमालेमा पकड बढ्दै गइरहेको संकेत गरेको जिकिर उनले गरेका छन्।

प्रसाईं माओवादी केन्द्र छाडेर एमालेमा आएका हुन्। उनले आफू एमालेमा प्रवेश गरेसँगै अध्यक्ष ओलीको ‘क्रेज’ झनै बढेको उनले बताए। 

‘पार्टी विभाजन नभएको भए ओलीको क्रेज झनै बढ्ने थियो,’ उनले भने।

प्रकाशित मिति: १६:२९ बजे, शनिबार, मंसिर ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्