Kathmandu Press

कोरोनाको नयाँ संस्करणका कारण बेलायले गर्‍याे ६ देशको उडान बन्द

लन्डन, मंसिर ११ : बेलायतले कोरोना भाइरसको नयाँ संस्करण पत्ता लागेको समाचार सार्वजनिक भएसँगै विभिन्न ६ मुलुकसँगको हवार्इ सेवा बन्द गरेको छ। यही शुक्रवार...
कोरोनाको नयाँ संस्करणका कारण बेलायले गर्‍याे ६ देशको उडान बन्द

लन्डन, मंसिर ११ : बेलायतले कोरोना भाइरसको नयाँ संस्करण पत्ता लागेको समाचार सार्वजनिक भएसँगै विभिन्न ६ मुलुकसँगको हवार्इ सेवा बन्द गरेको छ। 

यही शुक्रवार मध्याह्न १२ बजेदेखि ती देशहरूलाई खतरापूर्ण मुलुकको सूचीमा राखेर ती आवत जावत बन्द गर्ने निर्णय गरिएको बेलायतका स्वास्थ्यमन्त्री शाजिद जावेदले जानकारी दिए। 

Hardik ivf

ओमिक्रोन नाम दिइएको नयाँ संस्करणको कोरोना भाइरस भेटिएको पुष्टि भएका र भेटिन सक्ने खतरा रहेका देशहरुबाट हुने उडान बेलायतमा प्रतिबन्ध लगाइएको हो। 

नयाँ भाइरस आफ्नो देशमा नभित्रियोस् भन्ने उद्देश्यले बेलायतले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो र इस्वाटिटीसँगका सबै उडान स्थगित गरेको हो।

अधिकारीहरुका अनुसार अहिलेसम्म सो नयाँ भाइरस दक्षिण अफ्रिका, हङकङ र बोत्स्वाना गरी तीन देशमा कुल ५९ जनामा मात्रै पुष्टि भएको छ।

अहिलेसम्म पुष्टि भएकामध्ये सबैभन्दा खतरापूर्ण भइरस भएकाले र अहिले खोपले पनि काम गर्न नसक्ने भएकाले बेलैमा उच्च सतर्कता अपनाउनुपरेको अधिकारीहरुको भनाइ छ। 

त्यसैगरी पछिल्लो १० दिनभित्र ती देशमा गएर फर्किएका यात्रुलाई पनि बेलायत प्रवेशमा रोक लगाइएको छ। तर बेलायती नागरिकलाई भने उच्च सतर्कताका साथ परीक्षण गराएर क्वारेन्टिनमा राखेर मात्रै गन्तव्यमा जान पाउने व्यवस्था गरिएको छ।

प्रकाशित मिति: १६:०४ बजे, शनिबार, मंसिर ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्