मुलुकभर थपिए २१३ जना कोरोना संक्रमित, ३२५ जना डिस्चार्ज
काठमाडौँ, मंसिर ११ः पछिल्लो चौबिस घण्टामा मुलुकभर २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६३६...
काठमाडौँ, मंसिर ११ः पछिल्लो चौबिस घण्टामा मुलुकभर २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६३६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
मन्त्रालयका अनुसार पिसीआर विधिबाट १९७ जनामा र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ३२५ जना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ८ लाख २० हजार ७२४ र एन्टीजेनतर्फ १ हजार ७२५ पुगेको छ। त्यस्तै संिक्रमणमुक्त हुनेको संख्या ८ लाख २ हजार ४७ पुगेको छ । कोरोनाका कारण हालसम्म ११ हजार ५२१ जनाले ज्यान गुमाएका छन्।
मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ७ हजार १५६ रहेको छ। जसमध्य ६ हजार ७६१ जना होम आइशोलेशनमा र ३९५ जना संस्थागत आइशोलेशनमा रहेका छन् । त्यस्तै १७८ जना संक्रमितको आइसियुमा उपचार भइरहेको छ भने ३० जना भेन्टिलेटरमा छन् ।











