Kathmandu Press

बन्दसत्रकाे हलमा प्रवेश गर्नुअघि ओलीले भने- सर्वसम्मत रूपमा नेतृत्व चयन हुन्छ

चितवन, मंसिर ११ : एमाले अध्यक्ष केपी ओलीले सर्वसम्मत रूपमा नेतृत्व चयन हुने दाबी गरेका छन्।शनिबार बन्दसत्रमा सहभागी हुनुअघि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेतृत्व...
बन्दसत्रकाे हलमा प्रवेश गर्नुअघि ओलीले भने- सर्वसम्मत रूपमा नेतृत्व चयन हुन्छ

चितवन, मंसिर ११ : एमाले अध्यक्ष केपी ओलीले सर्वसम्मत रूपमा नेतृत्व चयन हुने दाबी गरेका छन्।

शनिबार बन्दसत्रमा सहभागी हुनुअघि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेतृत्व चयनका लागि सहमतिनजिक पुगिसकेको र सर्वसम्मत रूपमा नेतृत्व चयन हुने दाबी गरेका हुन्।

वरिष्ठ उपाध्यक्षमा सुवास नेम्वाङ र ईश्वर पोखरेल तथा महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलले दाबी गरिरहेका कारण ओली अप्ठ्यारोमा परेका छन्। किनकि उनीहरू चारैजना उनीनिकट हुन्। चारैजनामध्ये कसैलाई काखापाखा गर्न नसक्ने स्थितिमा उनी छन्।

ओलीले सर्वसम्मत नेतृत्व चयन हुने दाबी गरिरहँदा नेता भीम रावलले अध्यक्षको उम्मेदवार भन्दै प्रतिनिधिसँग भोट नै माग्न थालिसकेको छन्। केही समयअघि रिपार्टर्स क्लबमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावलले आफू कुनै हालतमा ‘ब्याक’ नहुने बताएका छन्।

उपाध्यक्ष पदमा नेता घनश्याम भुसालले पनि प्रतिनिधिसँग भोट माग्न थालिसकेका छन्। 

प्रकाशित मिति: १५:५६ बजे, शनिबार, मंसिर ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्