सामाजिक सञ्जालबाट घनश्याम भुसालले मागे उपाध्यक्षमा भोट
काठमाडौं, मंसिर ११ः नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा भोट मागेका छन् । जारी महाधिवेशनमा सर्वसम्मत नेतृत्व तथा पदाधिकारी चयन गर्ने विषय जोडदार...
काठमाडौं, मंसिर ११ः नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा भोट मागेका छन् । जारी महाधिवेशनमा सर्वसम्मत नेतृत्व तथा पदाधिकारी चयन गर्ने विषय जोडदार रुपमा उठिरहेको समयमा भुसालले सार्वजनिक रुपमा भोट मागेका हुन्।
केहीबेरअघि सामाजिक सञ्जालमा आफ्नो नारासहितको पोस्टर सार्वजनिक गर्दै भोट मागेका हुन् । भुसालले फेसबुकमा नीति अनुसारको नेतृत्व निर्माणका लागि आफूलाई विजयी बनाउन आह्वान गरेका छन्।
‘दलाल पुँजीको अन्त्यउ र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गरौं । सामूहिकता, विधि र विचारसहित नेकपा एमालेको पुनरोदय गरौं’ लेखिएको पोस्टर शेयर गर्दै आफूलाई उपाध्यक्ष पदमा जिताउन आह्वान गरेका हुन्।
यसअघि एमाले अध्यक्षमा उम्मेदवारी दिएका भीम रावलले पनि बन्दसत्र स्थलमा केही प्रतिनिधिहरुसँग भोट मागेका थिए। रावल र भुसाल दुबैजना एमालेको विधान अनुसार नै आफूहरुले पदाधिकारीमा उम्मेदवारी दिने तयारी गरेको बताएका थिए।
एमाले महाधिवेशनमा झन्डै २३ सय जना प्रतिनिधि सहभागी छन्।











