Kathmandu Press

एमाले महाधिवेशनको बन्दसत्र औपचारिक रूपमा सुरु

चितवन, मंसिर ११ : एमाले दसौं राष्ट्रिय महाधिवेशनको औपचारिक रूपमा सुरु भएको छ। चितवनको सौराहास्थित होटल सेभेन स्टारको हलमा बन्दसत्र सुरु भएको हो।आज बिहान...
एमाले महाधिवेशनको बन्दसत्र औपचारिक रूपमा सुरु

चितवन, मंसिर ११ : एमाले दसौं राष्ट्रिय महाधिवेशनको औपचारिक रूपमा सुरु भएको छ। चितवनको सौराहास्थित होटल सेभेन स्टारको हलमा बन्दसत्र सुरु भएको हो।

आज बिहान १० बजेको लागि तय गरिएको बन्दसत्र ५ घन्टा बितेपछि सुरु भएको हो। एमाले अध्यक्ष केपी ओली बन्दसत्र हलमा प्रवेश गरेकाे केही समयपछि बन्दसत्र औपचारिक रूपमा सुरु भएको हो। 

बन्दसत्रमा सुरुमै अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यसूची छ। उनकाे सम्बाेधनलगत्तै बन्दसत्रकाे जिम्मेवारी अध्यक्ष मण्डललाई हस्तान्तरण गरिनेछ ।

बन्द सत्रको सञ्चालन महासचिव ईश्वर पोखरेलले गरेका छन्। बन्दसत्रलाई विदेशबाट बोलाइएका अथितिहरुले सम्बोधन गर्ने जनाइएकाे छ।

विभिन्न मुलुकका नेताहरूबाट आएका शुभकामना सन्देश पनि बन्दसत्रमै पढेर सुनाइनेछ। बन्द सत्रलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधान गरेपछि कार्यक्रम हल अध्यक्ष मण्डललाई हस्तान्तरण गरिने बताइएको छ ।

प्रकाशित मिति: १५:२५ बजे, शनिबार, मंसिर ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्