Kathmandu Press

अध्यक्षको उम्मेदवारबाट ब्याक नहुने भीम रावलको घोषणा 

नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले उपाध्यक्षको उम्मेदवारबाट ब्याक नहुने घोषणा गरेका छन् । सौराहास्थित होटल  सेभेन स्टारमा बन्दसत्र सुरु...
अध्यक्षको उम्मेदवारबाट ब्याक नहुने भीम रावलको घोषणा 

काठमाडौँ, मंसिर ११ः नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले उपाध्यक्षको उम्मेदवारबाट ब्याक नहुने घोषणा गरेका छन् । सौराहास्थित होटल  सेभेन स्टारमा बन्दसत्र सुरु हुनुअघि सञ्चारकर्मीहरुसँग बोल्दै रावलले आफूले घोषणा गरिसकेको उम्मेदवारी फिर्ता नगर्ने बताएका हुन् । 

उनले अध्यक्ष पद सर्वसम्मत चयन गर्ने विषयमा ओलीले कुनैपनि किसिमको छलफल नगरेको पनि बताएका छन्। ‘मैले यसअघि नै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेको छु, मेरो उम्मेदवारी पर्छ’, उनले भने,‘‘सहमति खोज्ने कुरामा कहाँ के कुरा भयो मलाइ थाहा छैन ।’

उनले एमालेको विधानले नै आफ्नो प्रतिनिधि चुन्ने व्यवस्था गरेकोले सो व्यवस्थाप्रति विश्वस्त रहेको बताए। उपाध्यक्ष रावलले बन्दसत्र स्थलमा रहेका महाधिवेशन प्रतिनिधिसँग भोट समेत माग्न थालिसकेका छन्। 

 

प्रकाशित मिति: १५:२५ बजे, शनिबार, मंसिर ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्