Kathmandu Press

थप महामारी फैलिन नदिन न्युयोर्कमा संकटकाल

वासिङ्टन, मंसिर ११ : अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ। न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गरेको अधिकारीहरुले जनाएका छन्। कोरोना भाइरसको महामारी...
थप महामारी फैलिन नदिन न्युयोर्कमा संकटकाल

वासिङ्टन, मंसिर ११ : अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ। 

न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गरेको अधिकारीहरुले जनाएका छन्। 

कोरोना भाइरसको महामारी बढ्दै गएको र कोरोना भाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेको लगायतका कारणले संकटकाल लगाउनुपरेको उनले स्पष्ट पारेका छन्। 

Hardik ivf

‘पछिल्लो समयमा कोरोना भाइरसबाट सङ्क्रमित भएर अस्पताल भर्ना हुनेहरुको सङ्ख्या बढेकाले थप महामारी फैलिन नदिनका लागि संकटकाल लगाइएको हो,’ गभर्नरले भने। 

कोरोना भाइरस पछिल्लो समयमा एकबाट अर्कोमा सर्ने क्रम पनि तीव्र देखिएकाले थप चिन्तित बनाएकाले सतर्कता अपनाउनु परेको उनको भनाइ छ। 

अहिले घोषणा गरिएको संकटकाल आगामी सन् २०२२ को जनवरी १५ सम्म लागू हुने र आवश्यकता अनुसार लम्बिन पनि सक्ने उनले स्पष्ट पार्नुभएको छ। 

शुक्रबार बेलुका निर्देशन जारी गर्दै उनले संकटकाल लागू गरेसँगै अस्पतालको क्षमता वृद्धिमा पनि सरकारले काम गर्ने जानकारी दिए। त्यसैगरी खोपको प्रयोगलाई पनि विस्तार तथा वृद्धि गर्ने उनको भनाइ छ । 

दक्षिण अफ्रिकामा नयाँ कोरोनाभाइरसको रुपमा ओमिक्रोन कोरोना भाइरस फैलिएको भन्ने सूचनाका आधारमा पूर्वसतर्कता स्वरुप पनि न्युयोर्कमा संकटकालको घोषणा गरिएको अधिकारीहरुले जनाएका छन्। 

न्युयोर्कसहित अमेरिकाले अन्य राज्यहरुलाई पनि उच्च सतर्कता अपनाउन तथा प्रतिबन्धात्मक व्यवस्थाहरु लागू गर्न आह्वान गरेको छ। त्यसैगरी बेलायत, क्यानडा लगायत कैयौं युरोपेली मुलुकहरुलाई समेत विदेशबाट आउने यात्रुहरुको प्रवेशमा कडाइ गर्न सुझाइएको छ।  

प्रकाशित मिति: १५:०१ बजे, शनिबार, मंसिर ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्