Kathmandu Press

नेपाली नागरिकलाई देश बदलिन्छ भनेर भरोसा दिन सक्ने नेतृत्व चाहिएको छ : गगन थापा

काठमाडौं, मंसिर ११ : कांग्रेस नेता गगन थापाले नेपाली नागरिकलाई देश बदलिन्छ भनेर भरोसा दिन सक्ने  नेतृत्व चाहिएको बताएका छन्।आज नेपाली कांग्रेस काठमाडौं...
नेपाली नागरिकलाई देश बदलिन्छ भनेर भरोसा दिन सक्ने नेतृत्व चाहिएको छ : गगन थापा

काठमाडौं, मंसिर ११ : कांग्रेस नेता गगन थापाले नेपाली नागरिकलाई देश बदलिन्छ भनेर भरोसा दिन सक्ने  नेतृत्व चाहिएको बताएका छन्।

आज नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति सभापति पदका उम्मेदवार कृष्ण बानियाँ (सबुज) समूहको उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व बदल्ने कुरा मुख्य रहेको बताए। आफू महामन्त्री हुने कुरा गौण भए पनि पार्टीको नेतृत्व बदल्ने कुरा मुख्य भएको उनले बताए।

‘यो अधिवेशनबाट कांग्रेसको मुख्य नेतृत्व हामी बदल्न सक्छौं कि सक्दैनौं भन्ने ठुलो प्रश्न छ,’ उनले भने,  ‘हामी कोही केही नभएर केही हुँदैन तर कांग्रेसको मुख्य नेतृत्व बदल्नुपर्नेछ। चुनावदेखि चुनावको गोलचक्रमा देश घुमेर मात्र हुँदैन। हामी सबै भन्छौँ कांग्रेसले चुनाव जित्नुपर्छ, चुनाव जितेपछि के? नागरिकलाई अहिले चुनाव जित्ने कुरा होईन, एउटा भरोसा चाहिएको छ।’

युवाहरुमा मेरो जीवनकालमै नेपाल बदलिन्छ भन्ने विश्वास चाहिएको उनले बताए। ‘त्यो विश्वास दिन सक्ने नेपाली कांग्रेसको नेतृत्व चाहिएको छ। यो अधिवेशनबाट कांग्रेसको नेतृत्व बदल्नुपर्छ,’ उनले भने। कसले नेतृत्व गर्दा राजनीतिक रुपमा न्याय हुन्छ त्यतातिर लाग्नुपर्ने उनको भनाइ थियो।

अधिवेशन भनिसकेपछि गणित हुने र नेतृत्व बदल्ने संकल्प गरेर मैदानमा आएहरुका बिचमा एकता हुनुपर्ने नेता थापाले बताए।

प्रकाशित मिति: १४:३३ बजे, शनिबार, मंसिर ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्