Kathmandu Press

एमाले महाधिवेशनः थपिएको पदाधिकारीमा क–कसको दाबी ? 

काठमाडौँ । नेकपा एमालेभित्र आन्तरिक संघर्ष बढ्न नदिनका लागि शुक्रबारको केन्द्रीय कमिटीको बैठकले पदाधिकारी बढाउने निर्णय गरेको थियो ।  बैठकले थप दुई उपाध्यक्ष...
एमाले महाधिवेशनः थपिएको पदाधिकारीमा क–कसको दाबी ? 

काठमाडौँ । नेकपा एमालेभित्र आन्तरिक संघर्ष बढ्न नदिनका लागि शुक्रबारको केन्द्रीय कमिटीको बैठकले पदाधिकारी बढाउने निर्णय गरेको थियो ।  बैठकले थप दुई उपाध्यक्ष र २ उपमहासचिव थप्ने निर्णय गरेको थियो । यससँगै एमालेमा अब केन्द्रीय पदाधिकारीको संख्या १९ हुनेछ। 

पदाधिकारीको संख्या बढेसंगै आकांक्षी पनि थपिएका छन् । उपमहासचिव पदका लागि यसअघि प्रदीप ज्ञवालीलाई एकल दाबेदारका रुपमा हेरिएको थियो । अध्यक्ष ओलीसँगको निकटतम सम्बन्ध रहेकाले पनि उनको उपमहासचिव पद पक्कापक्की नै थियो । तर पदसंख्या बढसंगै आकांक्षीहरु पनि थपिएका हुन्। 

यसअघि महासचिवमा दाबी गरिरहेका पृथ्बीसुब्बा गुरुङले पनि उपमहासचिव दाबी गरेका छन् । उनी नवौं महाधिवेशनबाट सचिव निर्वाचित भएका थिए । 

त्यस्तै माओवादी केन्द्रबाट एमाले आएका नेता टोपबहादुर रायमाझीले पनि उपमहासचिवको दाबी गरेका छन् भने यसअघि सचिवमै दोहोरिने मनसायमा रहेक  गोकर्ण विष्टले पनि उपमहासचिव दाबी गरेका छन्। नवौं महाधिवेशनमा सचिवमा पराजित भएका विष्णु रिमालले पनि यसपटक उपमहासचिवमा दाबी गरेका छन्। 

उपाध्यक्षमा यसअघि नै ६ जनाले दाबी गरेका थिए । नवौं महाधिवेशनबाट उपाध्यक्ष चयन भएका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यले पुनः उपाध्यक्ष नै दाबी गरेका छन्। नवौं महाधिवेशनमा ज्ञवाली र शाक्य दुबैजना माधव नेपाल प्यानलबाट निर्वाचित भएका थिए । 

माओवादीबाट एमालेमा लागेका रामबहादुर थापा बादलले पनि उपाध्यक्ष दाबी गरेका छन्। सहमतिकै आधारमा चयन भएको अवस्थामा मात्रै बादल उपाध्यक्ष बन्न सक्छन् । निर्वाचन नै गर्नुपर्ने अवस्था आएमा बादलले उपाध्यक्ष जित्ने सम्भावना निकै कमजोर देखिन्छ। 

एमालेभित्र वौद्धिक नेताको छवि बनाएका घनश्याम भुसाल पनि यसपटक उपाध्यक्ष बन्ने दौडमा छन्। नवौं महाधिवेशनमा उनी उपमहासचिव निर्वाचित भएका थिए । नवौं महाधिवेशनमा उपमहासचिव पदमा नै पराजित भएका रघुजी पन्त पनि उपाध्यक्ष बन्ने दौडमा छन्। 

यसअघिको महाधिवेशनमा उपाध्यक्ष पदमा नै पराजित भएका किरण गुरुङले यसपटक पनि उपाध्यक्ष दाबी गरेका छन् । पदको संख्या बढाइएपछि पदाधिकारी चयन गर्न केही सहज भएपनि ककसलाई बनाउने भन्ने विषयमा विवाद बढ्न सक्ने देखिएको छ। 

प्रकाशित मिति: १३:५४ बजे, शनिबार, मंसिर ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्