कांग्रेस महाधिवेशन : सिन्धुली-२ मा कुमार ढकाल विजयी, १ मा कर्ण थापा मगर
सिन्धुली, मंसिर ११ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सिन्धुली प्रतिनिधिसभा क्षेत्र २ सम्पन्न अधिवेशनमा कुमार ढकाल एक मत बढी ल्याई विजयी भएका छन्। उनले ३६२ मत...
सिन्धुली, मंसिर ११ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सिन्धुली प्रतिनिधिसभा क्षेत्र २ सम्पन्न अधिवेशनमा कुमार ढकाल एक मत बढी ल्याई विजयी भएका छन्। उनले ३६२ मत पाउँदा उनका प्रतिस्पर्धी कपिल कोइरालाको ३६१ मत ल्याए।
मतगणनाका क्रममा ११ मत फरक बाकसमा परेको भेटिएपछि उत्पन्न विवादले तीन दिन मतगणना रोकिएको थियो।
जिल्ला समिति र विजयी उमेद्वारहरुको रोहबरमा निर्वाचन समतिले शनिबार गणना हुन बाँकी ११ मत गनेको थियो।
ती मतमा ढकालको पक्षमा ४ र कोइरालाको पक्षमा ६ मत रहेको थियो। एक मत भने खाली थियो।
यसअघिको अन्तिम गणनामा ढकालको ३५८ र कोइरालाको ३५५ मत रहेको थियो।
सिन्धुली प्रतिनिधिसभा क्षेत्र १ मा कर्णबहादुर थापामगर क्षेत्रीय सभापति पदमा विजयी भएका छन्। उनका प्रतिस्पर्धी पौडेल पक्षीय पुष्पबहादुर कार्की थिए। उनीहरू दुवै गाउँपालिकाका अध्यक्ष हुन्।
थापा तीनपाटन गाउँपालिका र कार्की गोलन्जोर गाउँपालिकाका अध्यक्ष हुन्।











