Kathmandu Press

दसौं महाधिवेशनबाट एमाले केन्द्रीय कमिटीमा महिलाको संख्या कम्तीमा १०० पुग्ने

काठमाडौं, मंसिर ११ : दसौं महाधिवेशनबाट बन्ने एमाले केन्द्रीय कमिटीमा महिलाको संख्या कम्तीमा १०० पुग्ने भएको छ।गत असोजमा भएको विधान महाधिवेशनले पारित गरेको...
दसौं महाधिवेशनबाट एमाले केन्द्रीय कमिटीमा महिलाको संख्या कम्तीमा १०० पुग्ने

काठमाडौं, मंसिर ११ : दसौं महाधिवेशनबाट बन्ने एमाले केन्द्रीय कमिटीमा महिलाको संख्या कम्तीमा १०० पुग्ने भएको छ।

गत असोजमा भएको विधान महाधिवेशनले पारित गरेको विधानअनुसार एमाले केन्द्रीय कमिटी २२५ जना हुने भनिएकाे छ। त्यसमा पनि महिला ३३ प्रतिशत हुनैपर्ने व्यवस्था गरिएको छ। जसअनुसार महिलाको संख्या कम्तीमा ७५ पुग्ने स्थिति थियो।

तर शुक्रबार राति सौराहामा बसेको एमाले केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटी ३०१ सदस्यीय हुने निर्णय गरेपछि महिला प्रतिनिधित्व बढेर कम्तीमा १०० पुग्ने सुनिश्चित भएको हो।

एमालेको महाधिवेशनको बन्दसत्र केही बेरमा हुँदैछ। एमालेमा केन्द्रीय कमिटीमा समाहित हन चाहने नेताको संख्या धेरै भएपछि केही दिनदेखि सकेसम्म मिलाउने कसरत हुँदै आएको छ।

नेता व्यवस्थापनकै लागि भनेर विधान महाधिवेशनको निर्णय मिचेर केन्द्रीय कमिटीले केन्द्रीय समितिको संख्या ३०१ पुर्‍याएपछि महिलाको संख्या पनि बढ्ने भएको हो।

प्रकाशित मिति: १३:२१ बजे, शनिबार, मंसिर ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्