Kathmandu Press

एमाले महाधिवेशनः बन्दसत्रस्थलमा ओली पुगे, केही नेताहरु आन्तरिक छलफलमै

काठमाडौँ, मंसिर ११ः चितवनमा जारी नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनको दोस्रो दिन बन्दसत्र हुँदैछ । बिहान ८ बजेबाट हुने भनिएको बन्दसत्र अझैपनि सुरु...
एमाले महाधिवेशनः बन्दसत्रस्थलमा ओली पुगे, केही नेताहरु आन्तरिक छलफलमै

काठमाडौँ, मंसिर ११ः चितवनमा जारी नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनको दोस्रो दिन बन्दसत्र हुँदैछ । बिहान ८ बजेबाट हुने भनिएको बन्दसत्र अझैपनि सुरु भएको छैन । एमाले अध्यक्ष केपी शर्मा ओली भर्खरै बन्दसत्रस्थल पुगेका छन् । 

ओली आफूनिकटका नेताहरुसँगको छलफल सकेर बन्दसत्रस्थल पुगेका हुन्।  बन्दसत्रस्थल होटल सेभेनस्टारमा यतिबेला महाधिवेशन प्रतिनिधिहरुको भीड लागेको छ । ११ बजेसम्म पनि बन्दसत्र शुरु नभएपछि महाधिवेशनका प्रतिनिधिहरुले बन्दसत्रस्थलमा नाराबाजी गरेका थिए । उनीहरुले सर्वसम्मत रुपमा नेतृत्व चयन हुनुपर्ने मागसहित नाराबाजी गरेका थिए । 

सहमतिमै नेतृत्व चयन गर्ने उद्धेश्यले शुक्रबार रातिको केन्द्रीय कमिटी बैठकले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या वृद्धी गर्ने निर्णय गरेको थियो । त्यस्तै विधान महाधिवेशनले खारेज गरेको पोलिटब्यूरोलाई पनि शुक्रबारको केन्द्रीय कमिटी बैठकले ब्यूँताएको छ । 

तरपनि अध्यक्षमा उम्मेदवारी दिएका उपाध्यक्ष भीम रावलले उम्मेदवारी फिर्ता लिने संकेत नदेखाएपछि अध्यक्ष ओलीलले बिहानैदेखि आन्तरिक छलफललाई तीब्र बनाएका थिए । छलफल सकेर भर्खरै मात्र ओली बन्दसत्रस्थलमा पुगेका छन्। ओली पुगेपछि महाधिवेशन प्रतिनिधिहरु बन्दसत्र हुने हलभित्र प्रवेश गरेका छन् । 

भीम रावललगायतका अन्य केही नेताहरु भने अझै आन्तरिक छलफलमै व्यस्त छन्। 

प्रकाशित मिति: १३:१३ बजे, शनिबार, मंसिर ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्