Kathmandu Press

महाधिवेशन प्रतिनिधिलाई योगेश भट्टराईको आश्वासनः सहमतिबाटै नेतृत्व चयनको प्रयास भइरहेको छ

काठमाडौँ, मंसिर ११ः नेकपा एमालेका नेता योगेशकुमार भट्टराईले सहमतिबाटै नेतृत्व चयनको प्रयास भइरहेको जानकारी दिएका छन् । एमालेको दसौं राष्ट्रिय महाधिवेशनको सौराहास्थित बन्दसत्र स्थलमा...
महाधिवेशन प्रतिनिधिलाई योगेश भट्टराईको आश्वासनः सहमतिबाटै नेतृत्व चयनको प्रयास भइरहेको छ

काठमाडौँ, मंसिर ११ः नेकपा एमालेका नेता योगेशकुमार भट्टराईले सहमतिबाटै नेतृत्व चयनको प्रयास भइरहेको जानकारी दिएका छन् । 

एमालेको दसौं राष्ट्रिय महाधिवेशनको सौराहास्थित बन्दसत्र स्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता भट्टराईले पार्टीको आन्तरिक व्यवस्थापनका लागि सहमति आवश्यक रहेको बताएका हुन् । 

उनले पार्टीमा एकताका लागि गरिएको १० बुँदे सहमति महाधिवेशनका प्रतिनिधिकै बीचमा रहेको बताएका छन् । 

सौराहामा महाधिवेशन प्रतिनिधिहरुले सहमतिबाटै नेतृत्व चयन गर्न माग गर्दै बन्दसत्र स्थलमा नाराबाजी समेत गरेका थिए । पार्टीका विभिन्न पदाधिकारीहरुमा आकांक्षीहरु धेरै देखिएपछि  सहमतिबाट नेतृत्व चयन गर्न सकस हुने देखिएको छ । 

सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नकै लागि एमालेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको संख्या बढाएको छ । त्यस्तै विधान महाधिवेशनले खारेज गरेको पोलिटब्यूरो पनि पुनः ब्यूँतिएको छ भने केन्द्रीय कमिटीको संख्या बढाएर ३०१ पुर्याइएको छ । 

प्रकाशित मिति: १२:४० बजे, शनिबार, मंसिर ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्