एमाले महाधिवेशनको निर्वाचन आचारसंहिताः भोजभतेर, नाराबाजी र मदिरा पूर्ण निषेध
काठमाडौँ । नेकपा एमालेले दसौं राष्ट्रिय महाधिवेशनको निर्वाचन आचारसंहिता जारी गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय ढङ्गले सम्पादन गरि लोकतान्त्रिक मूल्य...
काठमाडौँ, मंसिर ११ः नेकपा एमालेले दसौं राष्ट्रिय महाधिवेशनको निर्वाचन आचारसंहिता जारी गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय ढङ्गले सम्पादन गरि लोकतान्त्रिक मूल्य मान्यताको आधारमा नेतृत्व चयन गर्ने प्रयोजनको लागि ८ बूँदे आचारसंहिता जारी गरिएको हो ।
निर्वाचन आयोगका संयोजक विजय सुब्बाले महाधिवेशनका सम्पूर्ण प्रतिनिधि एवं मतदाताहरु, पर्यवेक्षक, अतिथि, अध्यक्ष मण्डलका अध्यक्ष एवं सदस्यहरु, केन्द्रीय सल्लाहकार परिषद्, उम्मेदवारहरु, उम्मेदवारका प्रतिनिधिहरु, अधिवेशनका आयोजक, स्वयं सेवकहरु लगायत निर्वाचनसँग प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्ने सम्बन्धित पक्ष वा व्यक्तिहरुलाई आचारसंहिता लागू हुने जानकारी दिएका छन् ।
त्यस्तै केन्द्रीय निर्वाचन आयोग, निर्वाचन अधिकृत, मतदान अधिकृत, मतगणना अधिकृत एवं स्वयंसेवकहरु , निर्वाचनमा संलग्न सहयोगीहरु लगायत निर्वाचनसँग सम्बन्धित सम्पूर्ण व्यक्तिहरुमा पनि सो आचारसंहिता लागू हुनेछ ।
आचारसंहितामा कुनै धर्म, सम्प्रदाय, जातजाती, लिङ्ग, भाषा, समुदाय, वा क्षेत्रीय आधारमा घृणा फैलाउने, द्वेष उत्पन्न हुने वा सद्भाव खलबलिने गरि कुनै क्रियाकलाप गर्न नपाईने उल्लेख छ । त्यस्तै उम्मेदवार तथा महाधिवेशनका मतदाता लगायत कुनैपनि व्यक्तिको निजी जीवनलाई आघात पुग्नेगरी आलोचना गर्न बञ्देज गरिएको छ ।
त्यस्तै कुनैपनि प्रकारको धुम्रपान, मद्यपान तथा लागु पदार्थ सेवन गरी तोकिएको निर्वाचन क्षेत्रभित्र प्रवेश गर्न रोक लगाइएको छ । कसैले पनि निर्वाचन बिथोल्न वा निर्वाचनप्रति वितृष्णा पैदा हुने वा निर्वाचनमा भ्रम र अवरोध सिर्जना हुने कार्यलाई नगर्न पनि अनुरोध गरिएको छ ।
मतदान कार्य सुरु भएदेखि मतदान केन्द्रभित्र मतदानको काम सम्पन्न नहुँदासम्मका लागि निर्वाचन प्रचार–प्रसार हुने गरी सामान्य भिजिटिङ कार्ड आकारको पर्चा भन्दा बाहेक अन्य कुनै पनि प्रकारको प्रचार सामग्री प्रदर्शन गर्न आचारसंहिताले रोक लगाएको छ । प्रचार सामग्रीहरू (पर्चा, पोष्टर, पम्प्लेट, ब्यानर) प्रयोग गर्न, बाँड्न तथा कुनै पनि प्रकारले प्रचार–प्रसार गर्न, गराउन तथा सभा–जुलुस गर्न गराउन पनि रोक लगाइएको छ











