Kathmandu Press

एमाले महाधिवेशन: आज बन्दसत्र र उम्मेदवारी दर्ता गरिँदै

काठमाडौं, मंसिर ११ : नेकपा (एमाले)को १०औं महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु हुन लागेको छ भने उम्मेदवारी पनि दर्ता गरिने भएको छ।चितवनको नारायणी नदी...
एमाले महाधिवेशन: आज बन्दसत्र र उम्मेदवारी दर्ता गरिँदै

काठमाडौं, मंसिर ११ : नेकपा (एमाले)को १०औं महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु हुन लागेको छ भने उम्मेदवारी पनि दर्ता गरिने भएको छ।

चितवनको नारायणी नदी किनारमा शुक्रबार महाधिवेशनको उद्घाटन समारोह भएको थियो। आज सौरहाको होटल सेभेन समिटमा बन्दसत्र सुरु हुनेछ।

यससँगै आज केन्द्रीय कमिटीका लागि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ। आजै साँझसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने भोलि निर्वाचन हुनेछ।

एमाले नेताहरु भने सहमतिको प्रयासमा लागेका छन्। यसका लागि शुक्रबार राति बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको संख्या बढाएको छ।

उपाध्यक्ष र उपमहासचिवको संख्या बढाउने निर्णय गरेको छ। जसअनुसार, अब एमाले पदाधिकारीको संख्या १९ पुगेको छ। यसअघि पदाधिकारीको संख्या १५ थियो।

केन्द्रीय कमिटीले उपाध्यक्ष ६ र उपमहासचिव तीन बनाउने निर्णय गरेको हो। यसअघि उपाध्यक्ष चार र उपमहासचिव एक रहने व्यवस्था थियो।

त्यस्तै, केन्द्रीय कमिटी तीन सय एक सदस्यीय बन्नेछ। यसअघि दुई सय २५ सदस्यीय केन्द्रीय कमिटी रहेको थियो।

सहमति नभएमा आइतबार निर्वाचन हुनेछ। निर्वाचनका लागि विद्युतीय मेसिनको प्रयोग गरिने भएको छ।

प्रकाशित मिति: ०८:३२ बजे, शनिबार, मंसिर ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्