Kathmandu Press

आज माओवादीको देशभरका स्थानीय तहको सम्मेलन

काठमाडौं, मंसिर ११ : नेकपा (माओवादी केन्द्र) ले आज देशभरका स्थानीय तहमा एकै दिन सम्मेलन गर्दै छ।आज एकै दिन सात सय ५३ वटा...
आज माओवादीको देशभरका स्थानीय तहको सम्मेलन

काठमाडौं, मंसिर ११ : नेकपा (माओवादी केन्द्र) ले आज देशभरका स्थानीय तहमा एकै दिन सम्मेलन गर्दै छ।

आज एकै दिन सात सय ५३ वटा स्थानीय तहमा सम्मेलन गर्न लागिएको माओवादीले जनाएको छ। यससँगै सम्पर्क समन्वय समिति र विशेष समितिको पनि आजै सम्मेलन हुने भएको छ। सबै गरेर सात सय ७६ वटा स्थानीय तह स्तरीय सम्मेलन हुने भएका छन्।

स्थानीय तहको सम्मेलनलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन्। शनिबार दिउसो १ बजेसम्म सम्मेलनलाई सम्बोधन गर्ने तय गरिएको माओवादीले जनाएको छ।

आजै प्रदेश प्रतिनिधि पनि चयन हुने माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए।

माओवादीले मंसिर २५ गते प्रदेश सम्मेलन तोकेको छ। त्यस्तै, पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरिएको छ।

प्रकाशित मिति: ०७:०४ बजे, शनिबार, मंसिर ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्