कांग्रेस कास्की अधिवेशन, पहिलो चरणमै टुंगिने सम्भावना कम
काठमाडौं, मंसिर १० : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत कास्की सभापतिका लागि भएकाको मतदान सम्पन्न भएको छ । कास्की कांग्रेसको जिल्ला सभापतिको...
काठमाडौं, मंसिर १० : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत कास्की सभापतिका लागि भएकाको मतदान सम्पन्न भएको छ । कास्की कांग्रेसको जिल्ला सभापतिको नेतृत्वका लागि पाँच जना उम्मेदवार रहेका छन् ।
जिल्ला सभापतिमा किशोरदत्त बराल, आइबहादुर गुरुङ, सुदीपमोहन भट्टराई, पोषनाथ शर्मा र गिरिराज गौतमले उम्मेदवारी दिएका थिए । सभापति आकाङ्क्षी ५ जना मध्ये किशोरदत्त बराल संस्थापन पक्षका हुन भने पोषनाथ शर्मा, आइबहादुर गुरुङ, सुदिपमोहन भट्टराई र गिरिराज गौतम पौडेल पक्षमा खुलेका नेता हुन् ।
कांग्रेसको जिल्ला नेतृत्व चयनमा २०८८ जना प्रतिनिधि मध्ये २०२५ जनाले मतदान गरेका छन् । जिल्ला सभापतिको मत गणना केहि बेरमा शुरु हुनेछ । सभापतिमा प्रतिस्पर्धामा रहेका पाँच जनामध्ये जुन उम्मेदवारले ५१ प्रतिशत मत ल्याउँछन् उनी नै सभापति घोषित हुने छन् ।
कांग्रेसको विधान अनुसार निर्वाचित हुनका लागि उम्मेदवारले कूल मतको ५१ प्रतिशत मत ल्याउनु पर्छ । यदि कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएको अवस्थामा सभापतिका लागि पुनः मतदान गर्नुपर्छ ।
कास्कीमा पनि ५ जना आकाङ्क्षी चुनावी मैदानमा उत्रिएकाले एउटै उम्मेदवारले ५१ प्रतिशत मत पाउने सम्भावना कम रहेको बताईएको छ ।











