कांग्रेस खोटाङमा विष्णुकुमार सभापतिमा विजयी
काठमाडौं, मंसिर १० : नेपाली कांग्रेस खोटाङको सभापतिमा विष्णुकुमार राई विजयी भएका छन् ।जिल्ला सभापतिका अर्का उम्मेदवार पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री...
काठमाडौं, मंसिर १० : नेपाली कांग्रेस खोटाङको सभापतिमा विष्णुकुमार राई विजयी भएका छन् ।
जिल्ला सभापतिका अर्का उम्मेदवार पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सर्वधन राईलाई ५९ मतान्तरले पछि पार्दैै विष्णुकुमार जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । विष्णुकुमारले ६६९ मत प्राप्त गर्दा पूर्व राज्यमन्त्री सर्वधनले ६१० मत मात्र प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अन्य पदाधिकारीमा पनि नव निर्वाचित जिल्ला सभापति विष्णुकुमारको समूहनै विजयी भएका छन् । उपसभापतिमा ईवन राईले ७५३ मत र तीर्थराज भट्टरार्ई ७४२ मत ल्याएर विजयी भए । उपसभापतिका उम्मेदवार बनेका मनोज तिम्सिनाले ५४३ र राजन सैंजूले ३८४ मत ल्याए । सचिवमा समिर राईले ७१३ मत र ज्ञानेन्द्र जोशीले ६२० मत ल्याएर विजयी भए ।
सचिवका उम्मेदवार रामकुमार राईले ५११ र रोजन राईले ५५३ मत पाएका छन् । सहसचिवमा साजन राईले ६२४ र सालिकराम बञ्जराले ५९३ मत ल्याएर विजयी हुनुभएको छ । सो पदमा ध्यानबहादुर राईले ५६४ र राजकुमार राईले ५७७ मत ल्याए ।
सातौँ जिल्ला अधिवेशनका लागि एक हजार ३७३ प्रतिनिधि चुनिएकामा एक हजार ३२२ मत खसेको थियो । विष्णुकुमार कांग्रेस खोटाङको चौँथोँ कार्यकालका लागि जिल्ला सभापतिमा पुनः निर्वाचित भए ।











