कांग्रेस ललितपुरको अधिवेशन आज सुरु, भाेलि मतदान
काठमाडौं, मंसिर १० : नेपाली कांग्रेस ललितपुरको जिल्ला अधिवेशन आज (शुक्रबार) बाट सुरु भएको छ तर मतदान भने भोलि (शनिबार) मात्र हुने आयोजकले जनाएको...
काठमाडौं, मंसिर १० : नेपाली कांग्रेस ललितपुरको जिल्ला अधिवेशन आज (शुक्रबार) बाट सुरु भएको छ तर मतदान भने भोलि (शनिबार) मात्र हुने आयोजकले जनाएको छ।
आज ललितपुरमा उद्घाटन भएको अधिवेशनमा बन्दसत्रका कार्यक्रम सुरु भएको हो। आज उम्मेदवारी दर्तादेखि अन्तिम नामावली प्रकाशन गरिएको ललितपुर कांग्रेसले जनाएको छ।
ललितपुरमा रामकृष्ण चित्रकार, मीनकृष्ण महर्जन र जितेन्द्रकुमार श्रेष्ठले प्यानल बनाएर सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन्।
प्रकाशित मिति: १७:४० बजे, शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











