Kathmandu Press

जीप दुर्घटनामा तीनको मृत्यु, तीन घाइते

मंगलसेन, भदौ ५ : अछामको बान्नीगढी जयगढ गाउँपालिका–५ लिडीको सुकिबागमा गएराति जिप दुर्घटना भएको छ। दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

ब....

जीप दुर्घटनामा तीनको मृत्यु, तीन घाइते

मंगलसेन, भदौ ५ : अछामको बान्नीगढी जयगढ गाउँपालिका–५ लिडीको सुकिबागमा गएराति जिप दुर्घटना भएको छ। दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

बान्नीगढी जयगढ गाउँपालिका–५ लिडीको सुकिबाग भन्ने स्थानमा गए राति साढे ८ बजे भएको दुर्घटनामा अन्य तीन घाइते भएका हुन्।

Hardik ivf

रामारोशन गाउँपालिकाको मुजाबगरबाट जयगढ आउँदै गरेको से १ ज ९९५ नं.को जिप जयगढ–माझेठाना सडकखण्डअन्तर्गत सुकिबागमा सडकबाट पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा बान्नीगढी जयगढ गाउँपालिका–४ का अशोक परियारको घटनास्थलमै मृत्यु भएको छ भने काले परियार र बैतडी घर भएका सवारी चालक लाल बोहराको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा बान्नीगढी जयगढ गाउँपालिका–४ का तर्क तिमिल्सेना, कैलाली घोडाघोडी नगरपालिकाका जङ्गीर चौधरी र कैलाली धनगढी उपमहानगरपालिकाका घनश्याम चौधरी घाइते भएका छन्। उनीहरुको बयालपाटा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताए।।

रातिको समयमा तीव्रगतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहीले बताए।

प्रकाशित मिति: १०:४२ बजे, बिहीबार, भदौ ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्