Kathmandu Press

सात बाणिज्य बैंकको नाफा अर्बभन्दा बढी

काठमाडौं, माघ १८ : चालु आर्थिक वर्षको पहिलो ६ महिनाको वित्तीय विवरणमा सात वटा वाणिज्य बैंकले अर्बभन्दा बढी कमाएका छन् । हालसम्म १५ वटा वाणिज्य बैंकले ....

सात बाणिज्य बैंकको नाफा अर्बभन्दा बढी

काठमाडौं, माघ १८ : चालु आर्थिक वर्षको पहिलो ६ महिनाको वित्तीय विवरणमा सात वटा वाणिज्य बैंकले अर्बभन्दा बढी कमाएका छन् । हालसम्म १५ वटा वाणिज्य बैंकले वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

नबिल, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट, हिमालयन, एनआईसी एसिया, प्रभु, सानिमा, नेपाल एसबिआई, ग्लोबल आईएमई, लक्ष्मी, सिद्धार्थ, सनराईज, सिटिजन्स, माछापुच्छ्रे र कुमारी बैंकले वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

एक अर्बभन्दा बढी कमाउने सूचीमा सात बैंक छन् । नविलको दुई अर्ब चार करोड छ भने नेपाल इन्भेष्टमेन्टको एक अर्ब ७२ करोड रुपैयाँ नाफा देखिन्छ । एनआईसी एसियाले एक अर्ब २६ करोड, हिमालयनले एक अर्ब १२ करोड, ग्लोबल आईएमईले एक अर्ब १२ करोड, प्रभुले एक अर्ब आठ करोड र एभरेष्टले एक अर्ब चार करोड बाँड्न मिल्ने नाफा गरेका छन् । कर चुक्तापछिको नाफा हेर्दा सिद्धार्थ बैंकको पनि एक अर्ब ६ करोड रुपैयाँ देखिन्छ । सानिमा बैंकको ९८ करोड २० लाख रुपैयाँ नाफा छ ।

पाँच बैंकको ऋण विस्तार खर्बभन्दा माथि छ । एनआईसी एसियाको एक खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ । नबिलको एक खर्ब ३० अर्ब, इन्भेष्टमेन्टको एक खर्ब २७ अर्ब, एभरेष्टको एक खर्ब पाँच अर्ब र ग्लोबल आइएमइको एक खर्ब दुई अर्ब रुपैयाँ छ ।

निक्षेपमा पनि एनआईसी एसिया सबैभन्दा अगाडि छ । एनआईसीले एक खर्ब ७५ अर्ब निक्षेप उठाएको छ । नबिलको एक खर्ब ४९ अर्ब, इन्भेष्टमेन्टको एक खर्ब ४९ अर्ब, एभरेष्टको एक खर्ब २४ अर्ब, ग्लोबल आईएमई एक खर्ब १३ अर्ब, सिद्धार्थ र हिमायलनयको एक खर्ब ६ अर्ब तथा प्रभुको एक खर्ब चार अर्ब रुपैयाँ निक्षेप छ ।

नबिल, एभरेष्ट, सानिमा, एसबिआई, सिद्धार्थ, माछापुच्छ्रे र कुमारी बैंकको आधार दर बढेको छ । बैंकहरूको कर्जा÷पूँजी÷निक्षेप अनुपात (सिसिडी रेसियो) ८० प्रतिशतभन्दा तल नै देखिन्छ । उच्च सिसिडी ग्लोबल आईएमई बैंकको ७९.०६ प्रतिशत छ ।

अधिकांश बैंक ७८ प्रतिशतको हाराहारीमा बसेका छन् । सनराईज, एभरेष्ट, इन्भेष्टमेन्ट र प्रभु बैंक ७७ प्रतिशतको हाराहारीमा छन् । खराब कर्जा बढि हुनेमा प्रभु र नेपाल इन्भेष्टमेन्ट बैंक छन् । प्रभुको २.४७ प्रतिशत छ भने इन्भेष्टमेन्टको २.०४ प्रतिशत छ ।

खुद ब्याज आम्दानी बढि हुनेमा नबिल, एनआईसी एसिया र नेपाल इन्भेष्टमेन्ट बैंक छन् । नबिलको सबैभन्दा बढि तीन अर्ब ६१ करोड छ भने एनआइसीको तीन अर्ब ६० करोड र इन्भेष्टमेन्टको तीन अर्ब ३१ करोड रुपैयाँ यस्तो आम्दानी छ ।

अर्बभन्दा बढि कमाउने सात बैंक
नविल बैंकः दुई अर्ब चार करोड
नेपाल इन्भेष्टमेन्ट बैंकः एक अर्ब ७२ करोड
एनआइसी एसिया बैंक: एक अर्ब २६ करोड
हिमालयन बैंक: एक अर्ब १२ करोड
ग्लोबल आइएमइ बैंकः एक अर्ब १२ करोड
प्रभु बैंक: एक अर्ब आठ करोड
एभरेष्ट बैंक: एक अर्ब चार करोड

 

प्रकाशित मिति: ११:२१ बजे, शुक्रबार, माघ १८, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्