Kathmandu Press

चीनको सांघाईमा कोभिड केस भेटिएपछि उडान रद्द, विद्यालय बन्द

सांघाई, मंसिर १० : चीनले आफ्नो कडा शून्य–कोभिड नीति जारी राखेको छ। तर सांघाईमा तीन कोरोना भाइरसका घटनाहरू भेटिएपछि सयौं उडान रद्द गरिएको छ,...
चीनको सांघाईमा कोभिड केस भेटिएपछि उडान रद्द, विद्यालय बन्द

सांघाई, मंसिर १० : चीनले आफ्नो कडा शून्य–कोभिड नीति जारी राखेको छ। तर सांघाईमा तीन कोरोना भाइरसका घटनाहरू भेटिएपछि सयौं उडान रद्द गरिएको छ, केही विद्यालय बन्द गर्नुको साथै भ्रमण समूहहरू शुक्रबार रद्द गरिएको छ।

बेइजिङले यात्रा प्रतिबन्धहरू र कडा रुपमा गरिएका लकडाउनका कारण आफ्नो सिमानामा कोरोना भाइरसको फैलावटलाई नियन्त्रण गर्न धेरै हदसम्म सफल भएको छ।  

सांघार्इबाट नजिकै पर्ने सहर सुझाउबाट फर्किएका तीन व्यक्तिमा कोरोनाको सङ्क्रमण देखा परेको जनाइएको छ। बिहीबार साँझ जारी एक पत्रकार सम्मेलनमा स्वास्थ्य अधिकारीहरूले कोरोना सङ्क्रमण भएका यी तीन जनाले नै  पूर्ण मात्रा खोप लगाएका जानकारी दिइएको छ।

शुक्रबार सांघाईका दुई प्रमुख विमानस्थलबाट ५०० भन्दा बढी उडान रद्द गरिएको सम्बन्धित अधिकारीहरूले जानकारी दिएका छन्। 

प्रकाशित मिति: १७:०६ बजे, शुक्रबार, मंसिर १०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्