प्रधानमन्त्रीलाई ओलीको प्रश्न– चाहेर पनि काम गर्न नसक्नुभएको हो कि?
काठमाडौं, मंसिर १०ः नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले प्रधानमन्त्रीले चाहेर पनि काम गर्न नसकेको बताएका छन् । पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन...
काठमाडौं, मंसिर १०ः नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले प्रधानमन्त्रीले चाहेर पनि काम गर्न नसकेको बताएका छन् । पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा ओलीले प्रधानमन्त्री देउवासामु यस्तो बताएका हुन् ।
ओलीले यसअघि आफूलाई अप्ठ्यारोमा पार्नेहरुसँग नै प्रधानमन्त्रीको सहकार्य गरिरहेका कारण काम गर्न अप्ठ्यारो भएको हुनसक्ने दाबी गरे ।
‘प्रधानमन्त्री शायद काम गर्न चाहनुहुन्थ्यो कि ? तर, प्रधानमन्त्रीलाई काम गर्न पनि बढो गाह्रो छ,’ उनले भने, ‘मलाई अप्ठ्यारो पार्ने, मलाई खुट्टा तान्नेहरु आज उहाँका खुट्टा समातिरहेका छन्, त्यसकारण उहाँलाई अलिकति गाह्रै छ ।'
ओलीले अब देश र जनताको जिम्मेवारी एमालेले लिने पनि बताए । प्रधानमन्त्री देउवा सामू ओलीले आगामी चुनाव एमालेले जित्ने दाबी समेत गरे । चुनाव जितेपछि सरकारले गर्न नसकेका कामहरु गर्ने ओलीले बताए । ‘आउँदो चुनावपछि एमालेको सरकार बन्छ र एमालेले बाँकी रहेका विकासका कामलाई अगाडि बढाएर समृद्ध नेपाल, सुखी नेपालीको अविभारा पूरा गर्छ’ उनले भने।











