Kathmandu Press

गायत्री मन्त्र जप्दै ओलीले गरे सूर्य चिह्नको तारिफ 

काठमाडौं, मंसिर १० : एमाले अध्यक्ष केपी ओलीले गायत्री मन्त्र जप्दै ओलीले सूर्य चिह्नको तारिफ गरेका छन्।चितवनस्थित नारायणी नदी किनारमा आज एमाले दसौं महाधिवेशनको...
गायत्री मन्त्र जप्दै ओलीले गरे सूर्य चिह्नको तारिफ 

काठमाडौं, मंसिर १० : एमाले अध्यक्ष केपी ओलीले गायत्री मन्त्र जप्दै ओलीले सूर्य चिह्नको तारिफ गरेका छन्।

चितवनस्थित नारायणी नदी किनारमा आज एमाले दसौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सबै जाति, धर्म, क्षेत्रका जनताका लागि यो चिह्न बाेक्न, अपनाउन गाह्रो नभएकाे उल्लेख गरे।

ॐ भूर्भूवस्व... को संस्कृत मन्त्र जप्दै उनले भने, ‘हे सूर्य देवता तिमीले संसारलाई प्रकाशित गरेका छौं। दुनियाँलाई उज्यालो दिएका छौं। तिमिले दुनियाँलाई न्यानो बनाएका छौं। तिमीले दुनियाँलाई विभिन्न मौसमहरु दिएका छौं। तिमीले ऋतुहरु दिएका छौ। तिमी नै सुक्खा, गर्मी, हिउँद, बर्खा बनाउँछौ। जाडो र गर्मी बनाउँछौं। सबैकुरा तिमीले गर्छौं।’  

यसरी गायत्री मन्त्रले व्याख्या गर्ने सूर्य नेकपा एमालेको चिह्न भएको उनले बताए। ‘एमालेको सूर्य चिह्न कसैलाई पनि बोक्न गाह्रो छैन,’ उनले भने।  हे सूर्य दुनियाँलाई उज्यालो देऊ भनेझैं नेपालमा सूर्य चिह्न भएको एमालेले सबैलाई अन्धकारबाट उज्यालोतर्फ लाने र सर्मद्ध नेपाल र सुखी नेपालीकोृ सपनालाई साकार पार्ने उनको भनाइ थियो।    

प्रकाशित मिति: १६:२६ बजे, शुक्रबार, मंसिर १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्