Kathmandu Press

देश र जनताका लागि आगामी चुनावमा एमालेले एकल बहुमत ल्याउनुपर्छ : ओली 

काठमाडौं, मंसिर १०ः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा जुनसुकै हालतमा पनि आफ्नो पार्टीले बहुमत ल्याउनुपर्ने बताएका छन्। पार्टीको दसौं राष्ट्रिय महाधिवेशनलाई...
देश र जनताका लागि आगामी चुनावमा एमालेले एकल बहुमत ल्याउनुपर्छ : ओली 

काठमाडौं, मंसिर १०ः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा जुनसुकै हालतमा पनि आफ्नो पार्टीले बहुमत ल्याउनुपर्ने बताएका छन्। 

पार्टीको दसौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीका लागि नभई देश र जनताका लागि एमालेले आगामी निर्वाचनमा एकल बहुमत ल्याउनुपर्ने बताएका हुन्। 

‘एमालेको लागि होइन देश बनाउनका लागि ,यस देशको सार्वभौमसत्ताको रक्षाका लागि, देशमा लोकतन्त्रको रक्षाका लागि, संविधानको रक्षा र कार्यान्वयनका लागि, संविधानको गलत व्याख्यालाई जनादेशबाट  सच्याएर अगाडि बढ्नका लागि एमालेले बहुमत ल्याउनपर्छ’, ’ उनले भने । 

ओलीले आफू नेतृत्वको सरकारले छोटो समयमा पनि उपलब्धिमुलक काम गरेको दाबी गरे । अल्पविकसित देशलाई विकासशील देश बनाउनका लागि आफु नेतृत्वको सरकारकै महत्वपूर्ण भूमीका रहेको बताउँदै उनले भने,‘९ वर्षभित्रै दिगो विकास  लक्ष्य हाँसिल गर्नुछ, छोटो समयमा नेपाललाई समृद्ध मुलुकको रुपमा विश्वभर चिनाउनु छ ।’

प्रकाशित मिति: १५:५८ बजे, शुक्रबार, मंसिर १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्