मार्क्सवादको सिर्जनात्मक प्रयोग आजको आवश्यकता होः लिलामणी पोखरेल
काठमाडौैं, मंसिर १०ः नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य लिलामणी पोखरेलले नेपाली कम्युनिस्ट आन्दोलनमा मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्नुपर्ने बताएका छन् । माउ खाने...काठमाडौैं, मंसिर १०ः नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य लिलामणी पोखरेलले नेपाली कम्युनिस्ट आन्दोलनमा मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्नुपर्ने बताएका छन् । माउ खाने माकुरा बनेर प्राण विहीन मार्क्सवादको मलामी बन्न नचाहेको बताएका हुन् ।
राष्ट्रिय स्वाधीनता र देशको विकासका लागि सबैको सहकार्यको आवश्यकता औँल्याउँदै कम्युनिस्ट पार्टीको इतिहासमा भइरहेको टुटफुट र एकतालाई स्वाभाविक प्रक्रियाका रूपमा लिनुपर्ने बताए।
‘समाजमा अन्तर्विरोध स्थिर हुँदैनन्, सामाजिक परिवेश बदलिरहन्छन्, यो नियम मार्क्सवादीले मात्र विश्लेषण गर्न सक्छन्,’ उनले भने, ‘कम्युनिस्ट आन्दोलन विभेदीकरणको निषेध हो, सामाजिक न्याय हो, समानताको परिचय हो, स्वाभिमानको मन्त्र हो, स्वतन्त्रताको अभिव्यक्ति हो, समृद्धीको अभियान र आधुनिक समाजविज्ञान हो । ’
पोखरेलले नेपाली कम्युनिस्ट आन्दोलनप्रति जनताको अपार विश्वास रहनुका साथै नयाँ र समृद्ध नेपाल निर्माण गर्न हाम्रासामु चुनौती रहेको पनि उनले बताए । कसैको एक्लो यात्राले राष्ट्रिय स्वाधीनता, जनताको सच्चा लोकतन्त्रको विकास र समृद्धि हासिल गर्न कठिन रहेको उनको भनाइ छ ।











