लोकतन्त्र ल्याएको भनेर गर्व गर्नेले न्यायपालिकाको अस्तव्यस्तता हाम्रै कारणले भएको भन्न सक्नुपर्छ : केसी
काठमाडौं, मंसिर १० : राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र, गणतन्त्र स्थापनामा गरेको भनेर गर्व गर्नेले अहिले संसद, कार्यकारिणी र न्यायपालिकामा भएको...
काठमाडौं, मंसिर १० : राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र, गणतन्त्र स्थापनामा गरेको भनेर गर्व गर्नेले अहिले संसद, कार्यकारिणी र न्यायपालिकामा भएको अस्थिरता र अस्तव्यस्तता पनि हाम्रै कारणले भएको भन्न सक्नुपर्ने बताए।
एमालेको दसौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘मुलुकमा गणतन्त्र, धर्मनिरपेक्षता ल्याए पनि पटकपटक चुनाव गरिसकेको भए पनि मुलुक जसरी अगाडि जानुपथ्र्यो त्यो हुन सकेको छैन।’ संसद अस्तव्यस्त भएको, कार्यकारिणीभित्र पनि राम्रो वातावरण नभएको उनको भनाइ थियो। न्यायपालिकाभित्र पनि राम्रो स्थिति नभएकाले जनतामा निराशा छाएको उनले बताए।
राजनीतिक पार्टीहरूले एकले अर्कालाई दोषपण गरिरहेको प्रति उनले असन्तुष्टि प्रकट गरे । तर, समग्रमा प्रजातन्त्र, लोकतन्त्र र गण्तन्त्र स्थापनामा गरेको भनेर गर्व गरे पनि अहिले संसद, कायृकारिणी र न्यायपालिकामा भएको अस्थिरता र अस्तव्यस्तता आमीले गरेको भन्न सक्नुपर्ने बताए।
२००६ सालमा स्थापना भएको वाम आन्दोलनभित्र त्योबेलादेखि नै अन्तरविरोध र एकता चल्दै आएको उल्लेख गर्दै जनताले सबै कम्युनिस्ट एकै ठाउँ भए हुन्थ्यो भनेर चाहने गरेको बताए।
कतिपय सिद्धान्त, कार्यनीति, रणनीति वाम आन्दोलनभित्र बेलाबखतमा समस्या बन्ने गरेको उनले बताए। अनेकन् समस्याका बाबजुद नेपालको वाम आन्दोलन अगाडि बढिराखेको र संघर्ष पनि चलिराखेको उनको भनाइ थियो।
वाम आन्दोलनमा टुक्रिने र एकता हुने कार्य भइरहेको बताउँदै उनले भने, ‘नेपालमा लोकतान्त्रिक र वापन्थी शक्तिहरू एकजुट नभएको भए प्रजातान्त्रिक आन्दोलन सफल हनु पाउँदैनथ्यो। वाम आन्दोलन पनि अहिलेको स्थितिमा आउँदैनथ्यो।’
प्रजातान्त्रि आन्दोलनका लागि र वाम आन्दोलनका लागि लड्दै आएका सबै नेताकार्यकर्तालाई र नेपाली जनतालाई उनले धन्यवाद पनि दिए। उनले ढिला आइपुगेकोप्रति माफी मागे र आफू र आफ्नो पार्टीका तर्फबाट धन्यवाद दिँदै एमाले महाधिवेशन सफलताको शुभकमना दिए।











