Kathmandu Press

चितवनबाट प्रधानमन्त्रीकाे आह्वान- ‘संवादमार्फत हरेक समस्याको समाधान गर्न चाहन्छु’

प्रधानमन्त्री देउवाले लोकतन्त्र र संविधानप्रति आफू प्रतिवद्ध रहेको र यसलाई बचाउनका लागि सबै दलहरु सहमतिमा आउनुपर्ने बताएका हुन् । 
चितवनबाट प्रधानमन्त्रीकाे आह्वान- ‘संवादमार्फत हरेक समस्याको समाधान गर्न चाहन्छु’

काठमाडौँ, मंसिर १०ः प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार संवादमार्फत हरेक समस्याको समाधान गर्न तयार रहेको बताएका छन् । 

चितवन जारी एमालेको दसौं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र र संविधानप्रति आफू प्रतिवद्ध रहेको र यसलाई बचाउनका लागि सबै दलहरु सहमतिमा आउनुपर्ने बताएका हुन् । 

सहमतिका लागि संवाद र छलफल गर्न सँधै प्रतिवद्ध रहेको प्रधानमन्त्री देउवाले बताए ।  उनले एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सफलताको कामना पनि गरेका छन् । 

प्रधानमन्त्री  देउवाले सरकार देश र जनताको जीवन बचाउने विषयमा संवेदनशील रहेको समेत बताए । कोरोना महामारीबाट नेपाली जनतालाई बँचाउनका लागि खोपलाई प्राथमिकता दिँदै आएको प्रधानमन्त्रीले बताए । 

प्रकाशित मिति: १४:४५ बजे, शुक्रबार, मंसिर १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्