Kathmandu Press

सामाजिक न्याय र समाजवादको राष्ट्रिय लक्ष्य टाढिँदै गएको छ : यादव

काठमाडौं, मंसिर १० : जनता समाजवादी पाटी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सामाजिक न्याय र समाजवादको राष्ट्रिय लक्ष्य टाढिँदै गएको बताएका छन्। एमालेको दसौं राष्ट्रिय...
सामाजिक न्याय र समाजवादको राष्ट्रिय लक्ष्य टाढिँदै गएको छ : यादव

काठमाडौं, मंसिर १० : जनता समाजवादी पाटी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सामाजिक न्याय र समाजवादको राष्ट्रिय लक्ष्य टाढिँदै गएको बताएका छन्। 

एमालेको दसौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले भने ‘ऐतिहासिक जनआन्दोलनहरू, ऐतिहासिक मधेस विद्रोहलगाय आन्दोलनका उपलब्धिहरुलाई जालझेल र षड्यन्त्रको अँध्यारोबाट निकालेर जनताले अनुभूत गर्नेगरी जीवन्त तुल्याउन समय खेर गइरहेको छ।’

मुलुक ऐतिहासिक मोडमा उभिएको उल्लेख गर्दै उनले एकातिर नेपालको विविधतालाई एकता र विविधतालाई एकतामा कस्ने समावेशी लोकतान्त्रिक संविधानको अभावले शान्ति, संघीयता, सुशासन, आर्थिक समृद्धि, सामाजिक न्याय र समाजवादको राष्ट्रिय लक्ष्य टाढिँदै गएको र अर्कातिर लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत रूपमा बलियो बनाउने राजनीतिलाई राजनीतिक संस्कारबाट र शासन पद्धतिलाई जनहितमा एकलव्य हुने संस्कृतिबाट निर्देशित र सञ्चालित गर्ने विषयलाई राष्ट्रिय एजेन्डा अझै बनाउन नसकिएको बताए।

‘लोकतान्त्रिक संस्थाहरु र राज्यका निकायहरू निष्क्रिय र निष्प्रभावी हुन थालेका छन्,’ उनले भने । यसलाई सक्रिय र प्रभावकारी बनाउन अब ढिलो गर्न नहुने उनको भनाइ थियो।

सबै कमीकमजोरी हटाएर संघीयता, लोकतन्त्र र समावेशिता आम जनताको हितमा सफल तुल्याउनुपर्नेमा उनले जोड दिए । ‘हामी सबै नेता र कार्यकर्ता आम जनता र देशप्रति जवाफदेही छौं,’ उनले भने, ‘देश र जनताको हितमा समर्पित छौं।’ एमालेको महाधिवेशनले त्यस्ता कुराहरूप्रति ध्यान दिसपर्ने उनको भनाइ थियो।

नेकपा एमालेको लामो इतिहासमा यो अधिवेशन सफल होस् भनी उनले शुभकामना दिए।     
 

प्रकाशित मिति: १४:४३ बजे, शुक्रबार, मंसिर १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्