देशले एमालेबाट शाहसिक निर्णयको अपेक्षा गरेको छः कमल थापा
काठमाडौँ, मंसिर १०ः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा एमालेबाट शाहसीक निर्णयको अपेक्षा गरेको बताएका छन् । एमालको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा...काठमाडौँ, मंसिर १०ः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा एमालेबाट शाहसीक निर्णयको अपेक्षा गरेको बताएका छन् ।
एमालको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष थापाले देश संकटमा रहेको कारण ठूलो राजनीतिक दलको हैसियतमा रहेको एमालेबाट आफू र सम्पूर्ण जनताले साहशिक निर्णयको अपेक्षा गरेको बताएका हुन्।
अध्यक्ष थापाले लोकतन्त्रको आवरणमा देश सर्वसत्तावाद तर्फ उन्मुख भएको र बाह्य शक्तिराष्ट्रहरुको चलखेल र प्रभाव तीव्र रुपमा बढ्न थालेका कारण देश बचाउन जिम्मा ठूलो राजनीतिक दलको रुपमा एमालेको काँधमा आएको बताए।
उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीको दृढ अडान र राष्ट्रवादी सोचले देशलाई संकटबाट जोगाउन ऐतिहासिक योगदान पुर्याउन सक्ने बताए । भारतीय नाकाबन्दी ओलीको अडान प्रशंसनीय भएको बताउँदै थापाले एमाले र ओलीबाट जनताले थप आशा गरेको बताए ।
ओलीकोे नेतृत्वमा भएका दुई महत्वपूर्ण कामका कारण जनतामाझ एमाले सधैँ अवीस्मरणीय बन्ने थापाले बताए । सिके राउत र विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको तथा चुच्चे नक्सालाई संविधानमा संस्थागत गरेर नेपाल र नेपाली जनतालाई अवीस्मरणीय गुन लगाएको अध्यक्ष थापाले बताए ।











