देशीविदेशी षड्न्त्रले नेकपा तीन टुक्रामा विभाजित भएको हाे : बादल
काठमाडाैं, मंसिर १० : एमाले नेता रामबहादुर थापा ‘बादल’ले देशीविदेशी षड्न्त्रका कारण नेकपा तीन टुक्रमा विभाजित भएको बताएका छन्। एमाले दसौं राष्ट्रिय महाधिवेशन उद्घाटन...काठमाडाैं, मंसिर १० : एमाले नेता रामबहादुर थापा ‘बादल’ले देशीविदेशी षड्न्त्रका कारण नेकपा तीन टुक्रमा विभाजित भएको बताएका छन्। एमाले दसौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्ने क्रममा उनले त्यस्तो बताएका हुन्।
महाधिवेशन आयोजक समिति संयाेजकसमेत रहेका उनले देशको राजनीति दुई ध्रुवमा बाँडिएको बताए। ‘एकातिर अग्रगमन र समावजादका पक्षधरहरु अर्कोतिर पश्चगमन र दलाल पुँजीवादका दाबेदारहरू, एकातिर देशभक्त लोकतान्त्रिक वामपन्थी शक्तिहरू हर्कोतिर अन्ध राष्ट्रवादी, आत्मसमर्पणवादी र दक्षिणपन्थी शक्तिहरू रहेका छन्।’
जनादेशबाट निर्मित सरकार अलोकतान्त्रिक विधिबाट विस्थापित गरिएको आरोप उनले लगाए। ‘मुलुकको व्यवस्थापिका संसदको जनादेशबाट नभएर ठाडो अध्यादेशबाट सञ्चालन गरिएको छ। नीति निर्माण गर्ने संसद अस्तव्यस्त छ। न्याय व्यवस्था सेटिङबाट भताभुंग पारिएको छ’ उनले भने, ‘देशलाई पुनः अस्थिरता, अशान्ति, कुशासनतर्फ धकेलिएको छ।’
आज राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संघीयता र जनजीविका अत्यन्त जोखिममा परेको उनले बताए।











