Kathmandu Press

एमाले महाधिवेशनको उद्घाटन समारोह औपचारिक रुपमा शुरु 

काठमाडौँ, मंसिर १०ः नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह औपचारिक रुपमा शुरु भएको छ । एमालेका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले उद्घाटन समारोहको...
एमाले महाधिवेशनको उद्घाटन समारोह औपचारिक रुपमा शुरु 

काठमाडौँ, मंसिर १०ः नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह औपचारिक रुपमा शुरु भएको छ । एमालेका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले उद्घाटन समारोहको औपचारिक कार्यक्रम शुरु गरेका छन्। 

उद्घाटन समारोहमा ठूलो संख्यामा कार्यकर्ताहरु उपस्थित हुने क्रम जारी छ । विभिन्न राजनीतिक दलका नेताहरु पनि उद्घाटन समारोहमा उपस्थिती हुनेछन् । प्रधानमन्त्री शेर बहादुर देउवा पनि एमाले महाधिवेशनलाई सम्बोधन गर्न चितवन पुग्दैछन्। 

एमालेको महाधिवेशनमा भारत, बंगलादेश र श्रीलंकाका विभिन्न राजनीतिक दलका नेताहरुको पनि उपस्थिती रहेको छ । अध्यक्ष केपी शर्मा ओली भने केही बेरमा उद्घाटनस्थल पुग्दैछन्। 

प्रकाशित मिति: १३:०७ बजे, शुक्रबार, मंसिर १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्