Kathmandu Press

रुसमा कोइलाखानी दुर्घटनामा परी ५२ मजदुर र ६ उद्धारकर्मीको मृत्यु

रुसमा कोइलाखानी दुर्घटनामा परी ५२ मजदुर र ६ उद्धारकर्मीको मृत्यु

मस्को, मंसिर १० : रुसमा कोइला खानी दुर्घटनामा परी कम्तीमा पनि ५२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ। प्राप्त समाचारअनुसार रुसको केमरोभो प्रान्तमा बिहीबार सो दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परी मृत्यु हुनेमा ६ जना उद्धारकर्मी पनि परेका छन्। मृत्यु भएका ५२ जनामध्ये ६ जना  उद्धारकर्मी पनि परेका हुन्।

यहाँका अधिकारीहरुले गएको पाँच वर्षमा यो सबैभन्दा ठूलो खानी दुर्घटना भएको जनाएका छन्। रुसी समाचार समिति तासले जनाएअनुसार सो दुर्घटनामा परेका मजदुरहरु कोही पनि जिवीत नरहेको बताएको छ।सो समाचार समितिले उक्त दुर्घटना परेको थाहा भएपछि उद्धारको काम थालिएको तर पनि त्यहाँ च्यापिएर रहेकामध्ये कोही पनि जिवीत नपाइएको सो समाचारमा जनाइएको छ।

Hardik ivf

कोइला खानीमा विस्फोट भएको थियो। त्यसपछि कोइलाको कालो धुलोले खानीभित्र अध्यारो भएर उद्धारको काम गर्न निकै कठिन भएको थियो। रुसको सो समाचार समितिले दुर्घटनाका क्रममा सो खानीमा कम्तीमा पनि २८५ जना मजदुर र कर्मचारी रहेका थिए । त्यसपछि कतिपयलाई उद्धार गरेर बाहिर निकालिएको थियो।

यस दुर्घटनामा घाइते भएका मजदुरको उपचार जारी रहेको बताइएको छ। उनीहरुलाई खानीभित्रको कोइलाको कालो धुवाँले असर गरेको बताइएको छ।

प्रकाशित मिति: १२:५९ बजे, शुक्रबार, मंसिर १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्