Kathmandu Press

एमाले दसाैं राष्ट्रिय महाधिवेशन : सांस्कृतिक झाँकीसहित विभिन्न स्थानबाट जुलुस निस्किने क्रम जारी

काठमाडौं, मंसिर १० : एमाले १०औं राष्ट्रिय महाधिवेशन उदघाटन समारोह केहीबेरमा सुरू हुँदैछ।यतिखेर विभिन्न बाजागाजा, झण्डा, ब्यानर लिएर सांस्कृतिक झाँकीहरूसहित विभिन्न स्थानबाट जुलुस निस्किने...
एमाले दसाैं राष्ट्रिय महाधिवेशन : सांस्कृतिक झाँकीसहित विभिन्न स्थानबाट जुलुस निस्किने क्रम जारी

काठमाडौं, मंसिर १० : एमाले १०औं राष्ट्रिय महाधिवेशन उदघाटन समारोह केहीबेरमा सुरू हुँदैछ।

यतिखेर विभिन्न बाजागाजा, झण्डा, ब्यानर लिएर सांस्कृतिक झाँकीहरूसहित विभिन्न स्थानबाट जुलुस निस्किने क्रम जारी छ।

केही जुलुुस नारायणी किनारमा तयार पारिएको महाधिवेशनस्थलमा आइपुगेका छन्। सबै जुलुस त्यही जम्मा भएर उदघाटन समारोहमा परिणत हुनेछ। जुलुसहरुको नेतृत्व विभिन्न जिल्ला कमिटी र जनवर्गीय संगठनका नेताहरुले गरिरहेका छन्।

पूर्वी नेपालबाट आएकाहरुको जुलुस भरतपुर बस टर्मिनल (पारस बसपार्क) बाट निकालिएको छ। पश्चिम नेपालबाट आएकाहरुको जुलुस गैंडाकोटतर्फबाट निस्किएको छ।

आँपटारी, हाकिमचोक, वीरेन्द्र क्याम्पस, सहिददचोक, गैंडाकोट, केन्द्रीय बसपार्क, विशालचोक लगायत स्थानबाट जुलुस निस्किएका छन्। आँपटारी र गैंडाकोटबाट ठुला जुलुस निकालिएका छन्। मूल जुलुस भने भरतपुर बसपार्कबाट निकालिएको एमाले चितवन अध्यक्ष पार्वती रावलले बताइन्।

उद्घाटन समारोहस्थलमा आइपुग्ने जुलुसका सहभागीलाई भर्खरै एमाले सचिव प्रदीप ज्ञवालीले व्यवस्थित तरिकाले बस्न निर्देशन दिएका छन्।  

प्रकाशित मिति: १२:४५ बजे, शुक्रबार, मंसिर १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्