प्रधानमन्त्री देउवा र बार पदाधिकरीबीच बालुवाटारमा छलफल सुरू
काठमाडौं, मंसिर १० : प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल बार एसोसिएसनका पदाधिकरीहरूबीच छलफल सुरू भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छलफलमा बार पदाधिकारीका साथै प्रधानन्यायाधीश...
काठमाडौं, मंसिर १० : प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल बार एसोसिएसनका पदाधिकरीहरूबीच छलफल सुरू भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छलफलमा बार पदाधिकारीका साथै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीहरु पनि सहभागी छन्।
न्यायालय शद्धीकरण र प्रधानन्यायाधीश जबराको माग राखेर लामो समयदेखि बारको अगुवाइमा कानुन व्यवसायी र सर्वोच्चका न्यायाधीशहरू आन्दोलनरत छन्। न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण र अन्य सबै खालका मुद्दा हेरेका थिएनन्।
सर्वोच्च अदालतको नियमावली संशोधन गरेर १५ मंसिरदेखि गोलाप्रथाबाट पेसी तोक्ने निर्णय भएसँगै न्यायाधीशहरू काममा फर्केका छन्। तर उनीहरूले अझै न्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा हेरेका छैनन्।
बारले भने प्रधानन्यनयाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन नरोक्ने जनाएको छ।
प्रकाशित मिति: १२:२० बजे, शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











