Kathmandu Press

एमाले महाधिवेशन : उद्घाटन समारोहमा ६ नेताले सम्बोधन गर्ने

चितवन, मंसिर १० : एमालेको १०औं राष्ट्रिय महाधिवेशन आज पौने १ बजे उद्घाटन गरिँदैछ।नारायणी नदी किनारमा तयार पारिएको भव्य मञ्चबाट हुने उद्घाटन समारोहमा ६...
एमाले महाधिवेशन : उद्घाटन समारोहमा ६ नेताले सम्बोधन गर्ने

चितवन, मंसिर १० : एमालेको १०औं राष्ट्रिय महाधिवेशन आज पौने १ बजे उद्घाटन गरिँदैछ।

नारायणी नदी किनारमा तयार पारिएको भव्य मञ्चबाट हुने उद्घाटन समारोहमा ६ नेताले सम्बोधन गर्ने टुंगो लागेको आयोजकले जनाएको छ।

कार्यक्रममा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन्। आयोजक एमालेबाट अध्यक्ष केपी ओलीले मात्र सम्बोधन गर्ने भनिएको छ।

अन्य राजनीतिक दलका शीर्ष नेताहरुमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका नेता लीलामणि पोखरेल र राप्रपा अध्यक्ष कमल थापाले पनि शुभकामना मन्तव्य राख्नेछन्।

एमालेबाट विभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी) का नेताहरुलाई भने एमालेले महाधिवेशनमा निम्तो दिएको छैन। माहोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निम्तो दिइए पनि उनी नजाने भएका छन्।

उनले पार्टीका तर्फबाट प्रतिनिधि भने पठाएका छन्।

प्रकाशित मिति: १२:०७ बजे, शुक्रबार, मंसिर १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्