माअोवादी नेता पुनको स्वास्थ्य गम्भीर, थप उपचारका लागि चीन लगियो
काठमाडौँ, मंसिर १०ः नेकपा माअोवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्य अवस्था थप कमजोर बनेपछि उपचारका लागि चीन लगिएको छ। थाइल्याण्डको बैंककमा उपचाररत पुनको स्वास्थ्यमा...
काठमाडौँ, मंसिर १०ः नेकपा माअोवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्य अवस्था थप कमजोर बनेपछि उपचारका लागि चीन लगिएको छ।
थाइल्याण्डको बैंककमा उपचाररत पुनको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल्स लगिएको हो । नेता पुनसँगै उनकी पत्नी ओनसरी घर्ति र छोरी शिला शुक्रबार बिहान बैंकक उडेका छन्।
जण्डिसका कारण स्वास्थ्यमा समस्या आएपछि नेता पुनलाई गत असोज १३ गते थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा भर्ना गरिएको थियो।
बैंकक लैजाँदा जण्डिसको तह १८ रहेकोमा उपचारका क्रममा बढेर अहिले २२ पुगेको देखिएको छ । जण्डिससँगै शरीरका अन्य अंगहरुमा पनि त्यसको असर देखिन थालेपछि नेता पुनलाई चीन लैजानु परेको हो।
प्रकाशित मिति: ११:५६ बजे, शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











