Kathmandu Press

सुरक्षाको कारण देखाउँदै ओलीले नारायणीमा बोटिङ गर्ने कार्यक्रम स्थगित

चितवन, मंसिर १० : एमाले अध्यक्ष केपी ओलीले नारायणी नदीमा बोटिङ गर्ने कार्यक्रम स्थगित गरिएको छ।पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवनमा आएका बेला...
सुरक्षाको कारण देखाउँदै ओलीले नारायणीमा बोटिङ गर्ने कार्यक्रम स्थगित
फाइल तस्बिर

चितवन, मंसिर १० : एमाले अध्यक्ष केपी ओलीले नारायणी नदीमा बोटिङ गर्ने कार्यक्रम स्थगित गरिएको छ।

पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवनमा आएका बेला उनले नारायणीमा बोटिङ गर्ने योजना बनाएका थिए। तर सुरक्षाको कारण देखाउँदै तय भइसकेको कार्यक्रम पनि स्थगित गरिएको एमालेले जनाएको छ।

पर्यटन व्यवसायीलाई उत्साहित गर्न र नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन उनले बोटिङ गर्न चाहेका थिए। र, कार्यक्रम पनि सोहीबमोजिम नै तय भएको थियो। 

आज उद्घाटन हुने एमाले महाधिवेशन मंसिर १३ गते चितवन घाेषाणापत्र जारी गरेर सम्पन्न हुनेछ।

प्रकाशित मिति: ११:५६ बजे, शुक्रबार, मंसिर १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्