एमाले महाधिवेशनः चितवन जाने सवारी चाप बढेपछि पृथ्वी राजमार्गमा जाम
काठमाडौँ, मंसिर १०ः एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहका लागि काठमाडौँबाट चितवन जाने सवारीसाधनको चाप बढेको छ। शुक्रबार बिहानै काठमाडौँबाट बाक्लो संख्यामा सवारी साधनहरु...
काठमाडौँ, मंसिर १०ः एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहका लागि काठमाडौँबाट चितवन जाने सवारीसाधनको चाप बढेको छ।
शुक्रबार बिहानै काठमाडौँबाट बाक्लो संख्यामा सवारी साधनहरु चितवनका लागि छुटेपछि सडकमा सवारी चाप बढेको हो । सडकमा अत्याधिक सवारी चापका कारण धादिङको खानीखोलामा सवारी जाम भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
राजमार्गमा अत्याधिक सवारी जाम भएका कारण सवारी साधनहरुलाई केही समय थानकोटमै ‘होल्ड’ गरेर राखिएको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले जानकारी दिए।
खानीखोलाको जाम हटेपछि होल्ड गरेर राखिएका सवारी साधनलाई छोड्ने उनले बताए।
प्रकाशित मिति: ११:१७ बजे, शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











