Kathmandu Press

आज ४२ जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन हुँदै

आज ४२ जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन हुँदै

काठमाडौं, मंसिर १० : प्रतिनिधिसभाका एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा आज नेपाली कांग्रेसको जिल्ला अधिवेशन हुन लागेको छ।

यसअघि मंसिर ८ गते प्रतिनिधिसभाको एउटा मात्रै निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला अधिवेशन भएको छ। आज एकभन्दा बढी निर्वाचन क्षेत्र भएका ४२ जिल्लामा अधिवेशन हुन लागेको कांग्रेसले जनाएको छ।

चितवनमा भने जिल्ला अधिवेशन स्थगित गरिएको छ। नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन भएकाले जिल्ला अधिवेशन स्थगित गरिएको कांग्रेस चितवनले जनाएको छ।

जिल्ला अधिवेशन सकिएपछि कांग्रेसको प्रदेश अधिवेशन हुन लागेको छ। मंसिर १६ देखि १७ गतेसम्म प्रदेश अधिवेशन तोकिएको छ।

त्यसपछि मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको तयारी रहेको छ।

प्रकाशित मिति: ०८:१५ बजे, शुक्रबार, मंसिर १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्