गण्डकीमा ३३ जना कोरोना सङ्क्रमण मुक्त
काठमाडौं, मंसिर ९ : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३३ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस अवधिमा दुई जनाको मृत्यु भएको...काठमाडौं, मंसिर ९ : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३३ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस अवधिमा दुई जनाको मृत्यु भएको छ भने १० जना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार मृत्यु हुनेमा पोखरा महानगरपालिका–२९ का ८६ वर्षीय महिला र पोखराकै वडा नं ३० का ५१ वर्षीय पुरुष छन् ।
यीसँगै प्रदेशमा हालसम्म कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक जार ४१५ पुगेको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या १७५ जना छन् भने होम आइसोलेशनमा १४९ जना रहेको निर्देशनालयले जनाएको छ ।
प्रकाशित मिति: १९:२० बजे, बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१