Kathmandu Press

एमाले महाधिवेशनमा ९० वटा भोटिङ मेसिनबाट मतदान, १० वटा जगेडा

चितवन, मंसिर ९ : एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा ९० वटा भोटिङ मेसिनबाट मतदान हुनेछ भने १० जगेडाका रूपमा राखिनेछ। प्रेस चौतारी नेपाल चितवन शाखाले आज...
एमाले महाधिवेशनमा ९० वटा भोटिङ मेसिनबाट मतदान, १० वटा जगेडा

चितवन, मंसिर ९ : एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा ९० वटा भोटिङ मेसिनबाट मतदान हुनेछ भने १० जगेडाका रूपमा राखिनेछ। 

प्रेस चौतारी नेपाल चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले सो जनकारी दिएका हुन्।

मङ्सिर ११ गते बिहान ८ः३० बजेदेखि सौराहामा बन्दसत्र सुरु हुनेछ। अध्यक्ष मण्डल र माइन्युट कमिटी बनिसकेका छन्।

बन्दसत्रमा पार्टी अध्यक्ष केपी ओली र विदेशी पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम छ। सोही दिन उम्मेदवारी दर्ता, दाबी विरोध र फिर्ता समेतको प्रक्रिया सकेर साँझ ६ बजे अन्तिम नामावली प्रकाशित गरिनेछ। मङ्सिर १२ गते बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ।

मङ्सिर १३ गते पार्टीका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा चितवन घोषणापत्र जारी गरेर महाधिवेशन सम्पन्न हुनेछ।

प्रकाशित मिति: १८:२१ बजे, बिहीबार, मंसिर ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्