Kathmandu Press

एमाले महाधिवेशनमा २१७५ प्रतिनिधि : २०९ जना दलित र ६२७ महिला

चितवन, मंसिर ९ : एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा २ हजार १७५ प्रतिनिधि र १०३ जना परिवेक्षक सहभागी हुनेछन्।प्रेस चौतारी नेपाल चितवन शाखाले आज आयोजना...
एमाले महाधिवेशनमा २१७५ प्रतिनिधि : २०९ जना दलित र ६२७ महिला

चितवन, मंसिर ९ : एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा २ हजार १७५ प्रतिनिधि र १०३ जना परिवेक्षक सहभागी हुनेछन्।

प्रेस चौतारी नेपाल चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले सो जनकारी दिएका हुन्।

Hardik ivf

उनका अनुसार प्रतिनिधि भूगोल, जनसंगठन, विभाग र सम्पर्क कमिटी र प्रवासबाट सहभागी हुँदैछन्। प्रतिनिधिमध्ये ५ प्रतिशत अर्थात् १०६ जना मनोनीत गरिएका हुन्।

प्रतिनिधिमा २०९ जना दलित तथा उत्पीडित र ६२७ जना महिला रहेको उनले जानकारी दिए। कूल प्रतिनिधि सङ्ख्याको ३० प्रतिशत महिला, १० प्रतिशत हाराहारी दलित, उत्पीडित रहेको उहाँको भनाइ थियो। महाधिवेशनमा सल्लाहाकार १५ सहित पाका–पुराना १०३ जना परिवेक्षक रहनेहुनेछ।

उद्घाटन सत्रका दिन ५ हजार स्वयंसेवक परिचालन हुने उनले जानकारी दिए। 

प्रकाशित मिति: १८:१४ बजे, बिहीबार, मंसिर ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्