Kathmandu Press

एमाले सचिवमा पूर्वमुख्यमन्त्री शेरधन राईकाे उम्मेदवारी घोषणा

काठमाडौं, मंसिर ९ : एमाले नेता शेरधन राईले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।प्रदेश १ का पूर्वमुख्यमन्त्रीसमेत रहेका राईले एमालेको दसौं महाधिवेशनमा सचिवमा...
एमाले सचिवमा पूर्वमुख्यमन्त्री शेरधन राईकाे उम्मेदवारी घोषणा

काठमाडौं, मंसिर ९ : एमाले नेता शेरधन राईले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

प्रदेश १ का पूर्वमुख्यमन्त्रीसमेत रहेका राईले एमालेको दसौं महाधिवेशनमा सचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

Hardik ivf

यसअघि नवौं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बनेका थिए। पार्टी एकताको पक्षमा उभिँदै आएको उल्लेख गर्दै उनले ‘सबै हिसाबले सचिव पदमा आफ्नो उम्मेदवारी उपयुक्त हुने जिकिर गरे।

नयाँ नेतृत्व चयनका लागि भोलि शुक्रबारदेखि चितवनमा महाधिवेशन सुरु हुँदैछ। शनिबार सुरु हुने बन्दसत्रले आइतबारसम्म नयाँ नेतृत्व चयन गर्नेछ। 

प्रकाशित मिति: १७:०३ बजे, बिहीबार, मंसिर ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्