Kathmandu Press

मोगादिसुमा भएकाे कारबम विस्फोटमा पाँच जनाको मृत्यु

मोगादिसुमा भएकाे कारबम विस्फोटमा पाँच जनाको मृत्यु

मोगादिसु, मङ्सिर ९ :  सोमालियाको राजधानी मोगादिसुनजिकै बिहीबार भएको एक कारबम विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ।

यस विस्फोटमा परी अन्य १५ जना घाइते भएका एक सुरक्षा स्रोतले जानकारी दिएको छ।

पाँच जनाको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका पुष्टि भएको सुरक्षा अधिकारी मोहम्मद अब्दिल्लाहीले एएफपीलाई बताएका छन्।  

आक्रमणको कारण थाहा नभएको सुरक्षा स्रोतले जानकारी दिएको छ। मोगादिसुको आमिन एम्बुलेन्स सेवाका निर्देशक अब्दिकादिर अब्दिरहमानले ट्वीटरमा भग्नावशेषको तस्बिर साझा गर्दै बम विष्फोटलाई दुःखद घटना भएको बताएका छन्।

उक्त विस्फोटको जिम्मेवारी तत्कालै कसैले लिएको छैन  तर जिहादी अल–शबाब समूहले मोगादिसुमा यसअघि पनि यसप्रकारको आक्रमणहरु गराउँदै आएको हुनाले बिहीबार भएको आक्रमण पनि यसै समूहको हात रहेको अनुमान गरिएको छ।

प्रकाशित मिति: १६:५० बजे, बिहीबार, मंसिर ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्