Kathmandu Press

थपिए ३०८ संक्रमित, निको हुने २९८ जना, ३ को मृत्यु

काठमाडौं, मंसिर ९ : पछिल्लो २४ घन्टामा देशभरिमा ३०८ जना कोरोना संक्रमित थपिएका छन्।७,१०४ जनामा गरिएको पिसिआर परीक्षणबाट २८१ र १,८०५ जनामा गरिएको एन्टिजेन...
थपिए ३०८ संक्रमित, निको हुने २९८ जना, ३ को मृत्यु

काठमाडौं, मंसिर ९ : पछिल्लो २४ घन्टामा देशभरिमा ३०८ जना कोरोना संक्रमित थपिएका छन्।

७,१०४ जनामा गरिएको पिसिआर परीक्षणबाट २८१ र १,८०५ जनामा गरिएको एन्टिजेन परीक्षणबाट २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा २९८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ८,०१,४२० पुगेको छ। 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। योसहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,५१६ पुगेको छ।

अहिले देशभरिमा ७,३४९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:३८ बजे, बिहीबार, मंसिर ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्