राप्रपा महामन्त्रीमा धवलशम्शेर राणाको उम्मेदवारी
काठमाडौं, मंसिर ९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता धवलशम्शेर राणाले पार्टीको आसन्न एकता महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। आज...
काठमाडौं, मंसिर ९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता धवलशम्शेर राणाले पार्टीको आसन्न एकता महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
उनले मुलुकमा सुशासन र समृद्धि कायम गर्न अब युवा पुस्ता राजनीतिक दलका साथै सरकारको नेतृत्वमा आउन जरुरी रहेको बताए।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुखसमेत रहेका उनले पुरानो पुस्ताले नेतृत्व छोड्न नचाहेका कारण युवा सक्षम र क्षमतावान भएर पनि समकालीन राजनीतिको नेतृत्वमा आउन नसकेको विचार व्यक्त गरे।
यही मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौँमा राप्रपाको महाधिवेशन हुँदैछ।
प्रकाशित मिति: १६:३३ बजे, बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











