एमालेले भन्याे- शुक्रबार चितवनमा सार्वजनिक यातायात चल्नुपर्छ
चितवन, मंसिर ९ : एमालेले पार्टीको दसौं राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रमको बहानामा शुक्रबार चितवनमा सार्वजनिक यातायात बन्द गर्न नपाउने बताएका छन्।एमालेको महाधिवेशनस्थल नारायणी किनारमा...
चितवन, मंसिर ९ : एमालेले पार्टीको दसौं राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रमको बहानामा शुक्रबार चितवनमा सार्वजनिक यातायात बन्द गर्न नपाउने बताएका छन्।
एमालेको महाधिवेशनस्थल नारायणी किनारमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचार विभाग प्रमुख योगेश भट्टराईले भट्टराईले शुक्रबार सार्वजनिक यातायात चल्न पाउनुपर्ने बताए।
सार्वाजनिक सवारीको आवागमन बन्द गर्नेबारे स्थानीय प्रशासनले एमालेसँग कुनै छलफल नगरेको बताए।
भट्टराईले उद्घाटन समारोहमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आउने निश्चित भएको बताए।
अन्य दलका अध्यक्ष पनि समारोहमा सहभागी भएर सम्बोधन गर्ने उनले जानकारी दिए।
महाधिवेशनमा २ हजार १७५ प्रतिनिधि र १०३ पर्यवेक्षक सहभागी हुने उनले बताए। यसपटक महाधिवेशनमा ६२७ महिला प्रतिनिधि तथा दलित र उत्पीडित वर्गबाट २०९ प्रतिनिधि सहभागी रहेको जानकारी दिए।
उद्घाटनपछि सबै प्रतिनिधि र पर्यवेक्षकहरुलाई खाने र बस्ने व्यवस्था गरिएको उनले बताए। महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै करिब साढे ७ करोड खर्च हुने पनि उनले बताए।











